May 19, 2024
Home » Prabesh Kumar Shrestha – Patra Patra [ LYRICS ]

पत्र पत्रहरुमा लेखिएका ति शब्द
तिम्रै सामु अघि वर्णन गरी सक्दिन
हेराई लजालु ति, मेरै आँखा अगाडी
बुझ्नै गाह्रो भए भन्दिन केही पनि
सत्य त यहि नै हो र जिउनु यसरी
बनाई सकेको छु अब तिमीलाई मेरो

हिजोको हार, आजको जीत
मायामा मेरो अनगिन्ती प्रयास
अन्धकार मा नि नजिकै छु नि
सँगै बसेर यी हात समाउन
(Oh ho ho ho ho)
(La ra ra ra ra)
(Na na na na na na na na na)

खुला पङ्ख फिजाई
मनका त्रास हटाई
उड्ने हो कि कतै, ति तारा छुनलाई
छायाँ होस् मेरो यो, तिम्रै बास सधैंको
हुनेछु मा यहिँ यो जुनि भरीलाई
मनै त मेरो पनि तिम्रो जस्तै हो नि
बनाई राख न अब मलाई पनि तिम्रो

हिजोको हार, आजको जीत
मायामा मेरो अनगिन्ती प्रयास
अन्धकार मा नि नजिकै छु नि
सँगै बसेर यी हात समाउन

फैलिएका यी हातहरु माँझ
अँगाली रंगाई देऊ मेरो संसार
काटौला सारा जुनि सँगै सँगै हामी

Leave a Reply

Your email address will not be published. Required fields are marked *